Global TV Logo
लोड हुँदैछ...
Advertisement

रामेछाप बस दुर्घटना : क्षतिपूर्ती र उपचारको माग गर्दै घाइते र मृतकका आफन्त प्रदर्शनमा

A
Admin User
2026-02-11, 11:19 AM
होमपेज/समाचार
Advertisement
रामेछाप बस दुर्घटना : क्षतिपूर्ती र उपचारको माग गर्दै घाइते र मृतकका आफन्त प्रदर्शनमा

२८ माघ, काभ्रे । रामेछापमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका परिवारका आफन्तले बस व्यवसायी र अरनिको यातायात सेवा समितिका पदाधिकारीहरूलाई सम्पर्कमा आउन अनुरोध गर्दै सडक जाम गरेका छन् ।

रामेछापको मन्थलीस्थित मन्थली अस्पताल क्षेत्रमा घाइते तथा मृतकका आफन्तले सडक जाम गरेका छन । पीडितहरूले मन्थली नगरपालिका– २ भुत्याहा खोला छेउमा टिफर तेर्स्याएर यातायात अवरुद्ध गरेका हुन् ।

जसकारण रामेछापबाट काठमाडौं र काठमाडौंबाट रामेछाप र ओखलढुंगाका विभिन्न भागहरूका लागि छुटेका बसहरू गन्तव्यमा नपुगी बाटोमै रोकिएका छन् ।

दुर्घटनामा परी ज्यान गुमाएका र घाइते भएका परिवारका आफन्तले बस व्यवसायी र अरनिको यातायात सेवा समितिका पदाधिकारीहरूलाई सम्पर्क आउन, मृतक परवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको उपचारको माग गर्दै सडक जाम गरेका हुन् ।

Advertisement

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com