Global TV Logo
लोड हुँदैछ...

भारत भ्रमणमा रहेका रविले मोदीसँग गरे भेटवार्ता

S
Sristi Thakuri
२०२६-०६-०३, ०८:३० AM
होमपेज/राजनीति
भारत भ्रमणमा रहेका रविले मोदीसँग गरे भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति  रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री रेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । 

भेटमा नेपाल–भारत सम्बन्ध तथा दुई पक्षीय हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको जनाइएको छ। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेले भारतीय उच्च राजनीतिक नेतृत्वसँग भेटघाटलाई निरन्तरता दिएका हुन्।

यसअघि मंगलबार नै उनले भारतीय विदेशमन्त्री  एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गरेका थिए।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
भारत भ्रमणमा रहेका रविले मोदीसँग गरे भेटवार्ता | Global TV Khabar