Global TV Logo
लोड हुँदैछ...

आईपीएल क्रिकेटको उपाधिका लागि आज आरसीबी र गुजरात खेल्दै

B
Binita Thapa
२०२६-०५-३१, ०४:०० AM
होमपेज/खेलकुद
आईपीएल क्रिकेटको उपाधिका लागि आज आरसीबी र गुजरात खेल्दै

जेठ १७-  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र गुजरात टाइटन्स खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुकी सवा ८ बजे अहमदाबादमा रहेको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ ।

पहिलो क्वालिफायरमा बेङ्गलुरुले गुजरातलाई हराउँदै र दोश्रो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा पुगेका हुन् । आईपीएल क्रिकेटमा यी दुवै टोलीले समान एक पटक उपाधि जितेका छन् ।

आरसीबी साविक विजेता टोली हो भने गुजरातले सन् २०२२ मा उपाधि जितेको थियो । आईपीएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि आज विशेष रेल सेवा समेत सञ्चालन गरिएको छ । आईपीएल क्रिकेटमा १० वटा टोली सहभागी थिए ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com