फिफा विश्वकप २०२६ फाइनल हेर्न दर्शकले तिर्नुपर्ने रेकर्ड मूल्य

काठमाडौं, साउन १ – अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेलको टीकटको मूल्य अमेरिकामा आयोजना भएका अहिलेसम्मकै इतिहासमा सबैभन्दा मँहगो हुने भएको छ ।
प्रतियोगिताको टिकट रिसेल बजारमा फाइनल खेलको टिकट सबैभन्दा महँगो बन्न पुगेको हो । दोस्रो बजारमा टिकट बिक्री गर्ने कम्पनी टिकपिकका अनुसार यस पटकको फाइनलको टिकटले सुपर बाउल र एनबीए फाइनलजस्ता प्रतिष्ठित प्रतियोगिताका टिकटको मूल्यलाई समेत उछिनेका छन् । फाइनल हेर्नका लागि सबैभन्दा सस्तो (गेट–इन) टिकटको मूल्य ६ हजार ९४३ अमेरिकी डलर पुगेको छ ।
अर्जेन्टिनाले बुधबार इंग्ल्यान्डलाई हराउँदै फाइनलमा स्थान बनाएसँगै यो टिकटको मूल्य ७ हजार २०० डलर पुगेको छ । तर यो सबैभन्दा सस्तो टिकट हो । तर ठाँउअनुसार टिकटको मूल्यलाई हेर्दा औसत टिकटको मूल्य निकै उच्च छ । टिकपिकका अनुसार फाइनल टिकटको औसत खरिद मूल्य ११ हजार ३२७ अमेरिकी डलर पुगेको छ, जुन अमेरिकाको खेलकुद इतिहासमै अहिलेसम्मकै सबैभन्दा उच्च औसत मूल्य हो ।
हालसम्मको सबैभन्दा महँगो खरिदमा मेटलाइफ स्टेडियमको सेक्सन ११५ ‘ए’ का दुई टिकट प्रति टिकट २८ हजार ४७९ डलरमा बिक्री भएका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



