असार तेस्रो सातादेखि सुकुम्बासीलाई लालपुर्जा वितरण सुरु हुने : मन्त्री रावल
S
Sristi Thakuri२०२६-०६-१७, १२:३९ PM

काठमाडौँ, असार ३ - सरकारले सुकुम्बासीलाई लालपुर्जा वितरण प्रक्रिया आगामी असार तेस्रो सातादेखि सुरु गर्ने तयारी गरेको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै सुकुम्बासी समस्या समाधानका लागि नयाँ कार्ययोजना लागू गरिएको बताइन् । उनका अनुसार विगतका आयोग प्रभावकारी नहुँदा समस्या समाधान ढिलाइ भएको हो।
मन्त्री रावलले अब जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति र केन्द्रमा विज्ञ समूहमार्फत सुकुम्बासी व्यवस्थापन अघि बढाइने जानकारी दिइन् । साथै, पछिल्ला ३० वर्षमा लाखौं निवेदन परे पनि अत्यन्तै कम संख्यामा मात्र लालपुर्जा वितरण हुनु गम्भीर कमजोरी रहेको उनको भनाइ छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



