Global TV Logo
लोड हुँदैछ...

जुरिखेत जिप दुर्घटनामा रजिष्ट्रार बडुकी श्रीमतीको मृत्यु

S
Sristi Thakuri
२०२६-०८-१८, ०७:१५ AM
होमपेज/विशेष समाचार
जुरिखेत जिप दुर्घटनामा रजिष्ट्रार बडुकी श्रीमतीको मृत्यु

काठमाडौं , भदौ २ - मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा मंगलबार बिहान भएको जिप दुर्घटनामा घाइते एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा उच्च अदालत वीरगञ्जका रजिष्ट्रार तारादत्त बडुकी ४९ वर्षीया श्रीमती लक्ष्मी बडु रहेकी प्रहरीले जनाएको छ। उनको काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा मृत्यु भएको हो।काठमाडौं–वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो जिप बिहान करिब ७ बजे जुरिखेतमा अनियन्त्रित भई खोल्सामा खसेको थियो।

दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिष्ट्रार तारादत्त बडु, उनका छोरा रितेन्द्र, रिता तथा चालक छुनिलाल चौधरी घाइते भएका थिए। बडु परिवारका सदस्यलाई सेनाको हेलिकप्टरमार्फत छाउनी अस्पताल ल्याइएको थियो।

लक्ष्मीलाई बिहान करिब सवा १० बजे छाउनी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले करिब साढे १० बजे मृत घोषणा गरेका थिए। अन्य घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com