Global TV Logo
लोड हुँदैछ...

विभिन्न आन्दोलनका प्रतिवेदन एकीकृत रूपमा अध्ययन गरिने : प्रधानमन्त्री शाह

S
Sristi Thakuri
२०२६-०५-३१, ०८:०४ AM
होमपेज/समाचार
विभिन्न आन्दोलनका प्रतिवेदन एकीकृत रूपमा अध्ययन गरिने : प्रधानमन्त्री शाह

 प्रधानमन्त्री बालेन शाहले विभिन्न कालखण्डमा भएका आन्दोलनसँग सम्बन्धित सबै प्रतिवेदनहरू सरकारले एकमुष्ट रूपमा अध्ययन गर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले यस्तो जानकारी दिएका हुन्।नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले जेनजी आन्दोलनको प्रतिवेदनबारे प्रश्न उठाएपछि जवाफ दिँदै प्रधानमन्त्री शाहले सरकारले हालसम्म प्राप्त भएका सबै प्रतिवेदनलाई समेटेर अध्ययन गर्ने स्पष्ट पारे।प्रधानमन्त्री शाहले भने, “आजसम्म नेपाल सरकारलाई बुझाइएका जति पनि प्रतिवेदनहरू छन्, ती सबै प्रतिवेदनलाई एकमुष्ट रूपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने कामकारबाही त्यही अनुसार अघि बढाइनेछ।”उनले मानव अधिकार आयोगसहित विभिन्न कालखण्डमा भएका आन्दोलन, प्रदर्शन र र्‍यालीसँग सम्बन्धित प्रतिवेदनहरू सरकारसँग रहेको उल्लेख गर्दै ती सबैलाई समग्र रूपमा विश्लेषण गरिने बताए।सरकारले विगतका घटनासम्बन्धी प्रतिवेदनलाई एकीकृत रूपमा अध्ययन गरी आवश्यक निष्कर्ष निकाल्ने तयारी गरेको उनको भनाइ छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
विभिन्न आन्दोलनका प्रतिवेदन एकीकृत रूपमा अध्ययन गरिने : प्रधानमन्त्री शाह | Global TV Khabar