त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी, चालक गम्भीर
S
Sristi Thakuri२०२६-०९-२१, ०८:४३ AM

काठमाडौं , असोज ५ - काठमाडौको त्रिपुरेश्वरस्थित चोकमा एउटा बसमा आगलागी भएको छ ।
आज दिउँसो रिद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा बसका चालक गम्भिर घाइते भएका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बसमा आगलागी भएको पुष्टि गर्दै बसका चालक घाइते भएको जानकारी दिएका छन् । बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा गम्भिर घाइते भएका प्रहरीले जनाएको छ । उनी बसभित्रै रहेका बेला आगलागी भएकाले घटना संकास्पद रहेको आशंका गरिएको छ । घाइते चालकको वीर अस्पतालमा उपचार भइरहेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



