व्यापार, लगानी र अन्तर्राष्ट्रिय साझेदारी विस्तारमा वाणिज्यदूतको भूमिका अहम : खनाल

पकाठमाडौं , साउन ८ - परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तर्राष्ट्रिय पहुँच विस्तार र आर्थिक कुटनीतिलाई मजबुत बनाउन अवैतनिक वाणिज्यदूतहरूको भुमिका महत्वपूर्ण हुने बताएका छन ।
काठमाडौंमा मानार्थ वाणिज्यदूत कोर–नेपालको १९औँ वार्षिक साधारणसभा तथा चार्टर दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपाल र सम्बन्धित मुलुकहरूबीचको सम्बन्ध सेतुका रूपमा कार्य गर्न उनीहरूलाई आग्रह गरे । मन्त्री खनालले खासगरी नेपालमा आवासीय कुटनीतिक नियोगहरू नभएका मुलुकहरूसँगको व्यवसायिक, साँस्कृतिक र संस्थागत सम्बन्ध विस्तारमा अवैतनिक वाणिज्यदूतहरूले पु¥याएको योगदानको प्रशंसा गरे ।
उनले वाणिज्यदूतहरूलाई नेपालको राष्ट्रिय प्राथमिकता र आकांक्षाहरूसँग एकाकार हुँदै द्विपक्षीय साझेदारी सुदृढ तुल्याउन सुझाव दिए । परराष्ट्रमन्त्री खनालले अवैतनिक वाणिज्यदूतहरूको कार्यसम्पादनलाई थप प्रभावकारी र सहज बनाउन विद्यमान नियमावली, सुविधा र कानुनी ढाँचाहरूको समयसापेक्ष परिमार्जन गर्न मन्त्रालय प्रतिवद्ध रहेको स्पष्ट पारे ।
नेपालको वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै मन्त्री खनालले युवा पुस्ताको आकांक्षा र जनमतबाट प्राप्त वर्तमान सरकारको म्यान्डेट सुशासन र समावेशी आर्थिक वृद्धिमा केन्द्रित रहेको उल्लेख गरे । मन्त्री खनालले नेपालको परराष्ट्र नीतिले अब आर्थिक रूपान्तरण, लगानी आकर्षण, व्यापार विस्तार र नवप्रवर्तनलाई प्राथमिकता दिने बताए । मन्त्री खनालले विश्वव्यापी भू–राजनीतिक र प्राविधिक परिवर्तनको समयमा अवैतनिक वाणिज्यदूतहरूको अन्तर्दृष्टि र संलग्नता थप मूल्यवान हुने विश्वास व्यक्त गरे ।
उनले अन्तर्राष्ट्रिय कानून र घरेलु कानूनी ढाँचाको परिधिभित्र रही उच्च व्यवसायिकता र निष्ठाकासाथ आफ्नो जिम्मेवारी निभाउन वाणिज्यदूतहरूलाई आह्वान समेत गरे ।
लोकप्रिय खबर
लोड हुँदैछ...


