Global TV Logo
लोड हुँदैछ...

रास्वपा संसदीय दलको बैठक जारी, प्रधानमन्त्री शाह अनुपस्थित

S
Sristi Thakuri
२०२६-०८-१९, ०७:०७ AM
होमपेज/विशेष समाचार
रास्वपा संसदीय दलको बैठक जारी, प्रधानमन्त्री शाह अनुपस्थित

काठमाडौं , भदौ ३ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सिंहदरबारमा जारी छ। सभापति रवि लामिछानेले बोलाएको बैठकमा पार्टीका मन्त्रीहरू अनिवार्य उपस्थित भएका छन्।

बैठकमा ग्यास र मलको अभाव, सरकारको कार्यशैली तथा पछिल्लो समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको छ। सरकारको कामकारबाहीप्रति सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाइरहेका बेला लामिछानेले बैठक बोलाएका हुन्। संसदीय दलका नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहले बैठक बोलाउनुपर्ने भए पनि तदारुकता नदेखाएको भन्दै लामिछानेले बैठक आह्वान गरेको बताइएको छ।

तर, लामिछानेले बोलाएको बैठकमा प्रधानमन्त्री शाह भने उपस्थित भएका छैनन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com