Global TV Logo
लोड हुँदैछ...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

B
Binita Thapa
२०२६-०५-२५, ०३:५२ AM
होमपेज/समाचार
साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

जेठ ११- साउथ एसियन फुटबल फेडेरेशन साफ महिला च्याम्पियनसीप आजबाट सुरु हुँदैछ । 

नेपालले साफ महिला च्याम्पियनसिप २०२६ को उद्घाटन खेलमा आज भुटानसँग खेल्दैछ । खेल दिउँसो पौने ५ बजे भारतको गोवा राज्यस्थित मडगाउँ शहरको जवाहरलाल नेहरु रंगशालामा सुरु हुनेछ । 

आठौं संस्करणसम्म आईपुग्दा ६ पटक उपविजेतामा सीमित नेपालले यसपटक च्याम्पियन बन्दै इतिहास रच्ने लक्ष्य राखेको छ । यसपटक इतिहास बदल्ने दृढ अठोटसहित टोली भारत पुगेको छ । टोलीमा अनुभवी र युवा खेलाडीको सन्तुलित संयोजन देखिन्छ । टोलीलाई सबैभन्दा धेरै अभाव सावित्रा भण्डारी साम्बा र सविता रानाको खड्किने छ । दुवै अनुभवी खेलाडीले चोटका कारण प्रतियोगिता गुमाएका छन् । 

६ टोली सहभागी हुने प्रतियोगितामा नेपाल समूह एमा छ । यस समूहमा भुटान र श्रीलंका छन् । समूह बी मा साविक विजेता बंगलादेश, भारत र माल्दिभ्स छन् । त्यसैले सेमिफाइनलमा नेपालले बलियो प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने लगभग निश्चित छ ।

 नेपालले जेठ १७ मा श्रीलंकासँग खेल्ने तालिका छ । सेमिफाइनल २० र फाइनल खेल २३ गते खेलिने छ ।।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com