Global TV Logo
लोड हुँदैछ...

प्रधानमन्त्री बालेन्द्र शाहलको कटाक्ष

B
Binita Thapa
२०२६-०६-०७, ०३:४२ AM
होमपेज/समाचार
प्रधानमन्त्री बालेन्द्र शाहलको कटाक्ष

काठमाडौँ, जेठ २४- प्रधानमन्त्री बालेन्द्र शाहले सचिव कृष्णहरि पुष्कर प्रकरणमा कटाक्ष गरेका छन् । 

राजदूत नियुक्तिका लागि पदीय मर्यादा मिचेर प्रधानमन्त्रीलाई एसएमएस पठाउने सचिव कृष्णहरि पुष्करको कदमप्रति प्रधानमन्त्री बालेन्द्रले कटाक्ष गरेका हुन् । सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले आफुलाई पनि राजदूत बन्न मन लागेको उल्लेख गर्दै प्रधानमन्त्रीको नम्बर छ भने दिन भन्दै व्यङ्ग्य गरेका हुन् । 

आफ्नो पदको गरिमा बिर्सेर व्यक्तिगत स्वार्थका लागि अनुचित बाटो रोज्ने उच्चपदस्थ कर्मचारीको प्रवृत्तिलाई कटाक्ष गर्दै प्रधानमन्त्रीले यस्तो टिप्पणी गरेका हुन् । यो घटनाको पृष्ठभूमि गत बिहीबारबाट सुरु भएको हो । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले आगामी असार २४ गते अनिवार्य अवकाशमा जानुअघि राजदूत बन्ने चाहना राख्दै प्रधानमन्त्री शाहलाई सिधै एसएमएस गरेका थिए ।

 म्यासेजमा उनले आफू अवकाशमा जान लागेको र राजदूत पदमा नियुक्ति गरिदिए आभारी हुने उल्लेख गर्दै दरखास्त फारम भर्ने विषयमा मार्गदर्शन समेत मागेका थिए । चेन अफ कमान्ड मिचेर प्रधानमन्त्रीलाई सन्देश पठाएपछि प्रधानमन्त्रीको सचिवालयले उनलाई पक्राउ गरी केरकार गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

 सो क्रममा सचिव पुष्करलाई जरुरी पक्राउ पुर्जी समेत दिइएको थियो । उनलाई ७ घण्टा हिरासतमा लिएर छाडिएको थियो । यसै प्रकरणमा सरकारले सचिव पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएको छ । 

शुक्रबार प्रधानमन्त्री शाहकै निर्देशनमा उनलाई जिम्मेवारीविहीन बनाउँदै जगेडामा राखिएको हो ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
प्रधानमन्त्री बालेन्द्र शाहलको कटाक्ष | Global TV Khabar