धितोपत्र बोर्डको ९ बुँदे प्राथमिकता: अनधिकृत लगानी परामर्श र वित्तीय ठगीमाथि कडा निगरानी

काठमाडौं, असार ३१ – नेपाल धितोपत्र बोर्डले ९ बुँदे प्राथमिकता सार्वजनिक गरेको छ ।
धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रमलाई समयबद्ध रुपमा कार्यान्वयन गर्ने क्रममा ९ बुँदे कार्यक्रमलाई प्राथमिकतामा राखिने जानकारी दिएको हो । पूँजी बजारको संस्थागत विकास, डिजिटल प्रविधिको प्रयोग, लगानीकर्ताको पहुँच विस्तार तथा नियामकीय संरचनाको विकासका क्षेत्रमा कार्य भइरहेको बोर्डले जनाएको छ ।
धितोपत्र सम्बन्धी कसुरको प्रारम्भिक जाँचबुझ सम्बन्धमा अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउने बोर्डको प्राथमिकता छ । बजारलाई प्रभावित पार्नेगरी सूचना प्रवाह भएको विषय तथा अनधिकृत लगानी परामर्श, भ्रामक प्रचार, सामाजिक सञ्जालमार्फत हुने बजार प्रभावित पार्ने गतिविधि तथा वित्तीय ठगी विरुद्धका कार्यमा प्रभावकारी निगरानी गरिने प्राथमिकतामा उल्लेख छ ।
सार्वजनिक निष्कासनलाई व्यवस्थित बनाउन सरोकारवाला पक्षबाट प्राप्त सुझाव समेतलाई समेटेर नीतिगत व्यवस्थामा सुधार गरी कम्पनीको वित्तीय एवम् व्यवस्थापकीय पक्षको वस्तुपरक अध्ययन गरी अनुमति दिने व्यवस्था मिलाइने उल्लेख छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...


