Global TV Logo
लोड हुँदैछ...

शशांकको चेतावनी: असन्तुष्टि समाधान नभए कांग्रेस विभाजन हुन सक्छ

S
Sristi Thakuri
२०२६-०७-२२, ११:५४ AM
होमपेज/विशेष समाचार
शशांकको चेतावनी: असन्तुष्टि समाधान नभए कांग्रेस विभाजन हुन सक्छ

काठमाडौं , साउन ६ - नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले पार्टीभित्रको असमझदारी, अविश्वास र समूहगत प्रतिस्पर्धालाई समयमै समाधान गर्न नसके कांग्रेस विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन्।

वीपी स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पार्टीको एकता जोगाउने जिम्मेवारी वर्तमान नेतृत्वको रहेको बताए। नेतृत्वले संवाद, सहमति र सहकार्यको वातावरण बनाउन नसके पार्टी विभाजन भए त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी वर्तमान नेतृत्वले नै लिनुपर्ने उनको भनाइ थियो।

कोईरालाले लोकतन्त्रमा विचार फरक हुनु स्वाभाविक भए पनि त्यसलाई विभाजनको आधार नभई साझा निष्कर्षमा पुग्ने अवसरका रूपमा लिनुपर्ने बताए। उनले वीपी कोईरालाले अघि सारेको राष्ट्रिय मेलमिलापको नीति आत्मसात गर्दै पार्टीको एकता सुदृढ बनाउन नेता–कार्यकर्तालाई आह्वान गरे।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com