शेरबहादुर देउवा स्वदेश फर्किदै
B
Binita Thapa२०२६-०८-०६, ११:०५ AM

साउन २१ - नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यही साउन २६ गते स्वदेश फर्किने भएका छन् ।
कांग्रेस नेता डाक्टर प्रकाशशरण महतका अनुसार पूर्वप्रधानमन्त्री देउवा साउन २६ गते राती ९ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएका हुन् । जेनजी आन्दोलनमा सांघातिक आक्रमणमा परेका देउवा उपचारका लागि गत वर्षको फागुन १३ गते सिंगापुर प्रस्थान गरेका थिए ।
गत चैत ७ गते थप उपचारका लागि उनी हङकङ प्रस्थान गरेका थिए । उपचारका लागि झण्डै ५ महिना विदेशमा रहेका देउवा स्वदेश फर्किने निश्चित भएपनि पत्नी आरजु राणा भने स्वदेश फर्कने वा पछि मात्रै फर्कने भन्ने खुलेको छैन ।
लोकप्रिय खबर
लोड हुँदैछ...



