Global TV Logo
लोड हुँदैछ...

जेन–जी आन्दोलनको भावना नबिर्सन रास्वपालाई सिके राउतको आग्रह

S
Sristi Thakuri
२०२६-०६-२१, १०:५८ AM
होमपेज/विशेष समाचार
जेन–जी आन्दोलनको भावना नबिर्सन रास्वपालाई सिके राउतको आग्रह

काठमाडौँ, असार ७-  जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई जेन–जी आन्दोलनबाट प्राप्त जनविश्वास र भावनालाई नबिर्सन सुझाव दिएका छन्।

चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफू रास्वपालाई शुभकामना दिनुका साथै आन्दोलनबाट प्राप्त जनआस्था र शहीदहरूको सपना सम्झाउन पनि आएको बताए।

राउतले रास्वपाले प्राप्त गरेको जनसमर्थन र विश्वासलाई जोगाइराख्नुपर्ने उल्लेख गर्दै आन्दोलनका मूल्य र जनअपेक्षाअनुसार काम गर्न आग्रह गरे। फरक दल भए पनि देश बनाउने सपना साझा रहेको भन्दै उनले रास्वपाको सफलताको कामना समेत गरे।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com