दिगो विद्युत आपूर्ति र वितरण अब सरकारको प्राथमिकता : मन्त्री श्रेष्ठ

काठमाडौं, साउन १ – ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले अबको प्राथमिकता विद्युत उत्पादनसँगै दिगो आपूर्ति र वितरणमा केन्द्रित हुनुपर्ने बताएका छन ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा मन्त्री श्रेष्ठले बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न पूर्वाधार विकास अपरिहार्य रहेको उल्लेख गरे । जीर्ण र न्युन क्षमताका पूर्वाधारका कारण पर्याप्त विद्युत हुँदाहुँदै पनि कतिपय क्षेत्रमा विद्युत कटौतीको समस्या देखिएको स्वीकार गर्दै मन्त्री श्रेष्ठले सरकार पूर्वाधार स्तरोन्नतिमा जुटेको बताए । उनकाअनुसार ऊर्जा मन्त्रालयले आर्थिक वर्ष २०८३÷८४ को बजेटमा विद्युतीय पूर्वाधारका लागि करिव ८० अर्ब रुपैयाँ खर्च गर्नेगरी योजना निर्माण गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले पनि आफ्नो आन्तरिक स्रोतबाट पूर्वाधार विकासमा ठूलो हिस्सा लगानी गर्ने तयारी गरेको छ । सरकारले आगामी आर्थिक वर्षभित्र रणनीतिक महत्वका १२ वटा प्रशारण लाइन सम्पन्न गर्ने लक्ष्य राखेको छ । हाल ६६ केभी र सोभन्दा माथिका प्रशारण लाइनको लम्बाई करिव ७ हजार ४८ सर्किट किलोमिटर रहेकोमा आगामी वर्ष थप ८ सय सर्किट किलोमिटर विस्तार गर्ने लक्ष्य लिइएको मन्त्री श्रेष्ठले जानकारी दिए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



