Global TV Logo
लोड हुँदैछ...

सेना खटाइयो, कफ्र्यु उल्लंघनपछि प्रदर्शन उग्र

S
Sristi Thakuri
२०२६-०७-२७, ०९:१४ AM
होमपेज/विशेष समाचार
सेना खटाइयो, कफ्र्यु उल्लंघनपछि प्रदर्शन उग्र

काठमाडौं , साउन ११ - स्थानीय प्रशासनले जारी गरेको कफ्र्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ ।

कफ्र्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना परिचालन गरिएको हो । हतियारसहित सेनाको टोली पुगेपछि कप्तानगञ्जको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ । सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले अवस्था सामान्य बनाउने प्रयास भइरहेको बताएका छन् । कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

 गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि ५ स्थानमा कफ्र्यु जारी गरेको थियो । कफ्र्यु उल्लङ्घन गर्दै सोमबार बिहानदेखि विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com