Global TV Logo
लोड हुँदैछ...

इन्धनको मूल्य नबढाउने निगमको निर्णय, पाक्षिक ३ अर्ब २० करोड घाटा हुने

S
Sristi Thakuri
२०२६-१०-०१, ०५:०१ AM
होमपेज/समाचार
इन्धनको मूल्य नबढाउने निगमको निर्णय, पाक्षिक ३ अर्ब २० करोड घाटा हुने

काठमाडौँ , असोज १५ - नेपाल आयल निगमले इन्धनको मूल्य यथावत् राखेको छ । 

इन्डियन आयल कर्पोरेशनले इन्धनको मूल्य बढाएर पठाएपनि नेपाल आयल निगमलाई हाललाई यथावत् राखेको हो । निगमले आमउपभोक्ताको हित र चाडपर्वलाई मध्यनजर गर्दै हालको खुद्रा बिक्री मूल्यमा कुनै वृद्धि नगर्ने निर्णय गरेको छ । निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै भारतबाट मूल्य बढेर आएको भए पनि मूल्य यथावत राखिएको जानकारी दिएको हो । निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेलमा २० रुपैयाँ २१ पैसा, मट्टितेलमा १५ रुपैयाँ ९६ पैसा र हवाई इन्धनमा प्रतिलिटर १८ रुपैयाँ ६६ पैसा मूल्य बढेर आएको छ । त्यस्तै, एलपी ग्यासमा पनि प्रति सिलिण्डर ८१ रुपैयाँ ३२ पैसाले मूल्य वृद्धि भई आएको छ । भोटेकोशीमा आएको बाढीपहिरोका कारण सिर्जित विषम परिस्थिति र आउँदै गरेका चाडपर्वहरूलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिको बुधबारको निर्णयानुसार साबिककै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिइएको छ । पेट्रोलियम पदार्थको मूल्य यथावत राख्दा निगमलाई ठूलो आर्थिक भार भने थपिएको छ । निगमले दिएको जानकारीअनुसार मूल्य नबढाउँदा निगमलाई पाक्षिक रूपमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने देखिएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com