जेई सङ्क्रमणबाट झापामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो, संक्रमित ११
S
Sristi Thakuri२०२६-०८-२१, ०६:२० AM

काठमाडौं , भदौ ५ - बर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।
मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेइ सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा जेईबाट ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको हो । यससँगै झपामा जेइ सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ । मृत्यु हुनेमा चार महिला र दुई पुरुषको मृत्यु भइसकेको छ ।उक्त कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा जेई परीक्षणलाई बढाइनका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन गरिएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



