Global TV Logo
लोड हुँदैछ...

पहिलो ट्रान्स महिला आरोही निलम भन्छिन्– सहयोगभन्दा बढी विभेद भोगें

S
Sristi Thakuri
२०२६-०६-१७, १०:५९ AM
होमपेज/विशेष समाचार
पहिलो ट्रान्स महिला आरोही निलम भन्छिन्– सहयोगभन्दा बढी विभेद भोगें

काठमाडौँ, असार ३ - सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला निलम पौडेलले हिमाल आरोहणका लागि आवश्यक स्पोन्सरशिप जुटाउन ठूलो संघर्ष गर्नुपरेको बताएकी छन्।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले विभिन्न ब्रान्ड, कम्पनी तथा सम्बन्धित निकायबाट अपेक्षित सहयोग नपाएको गुनासो गरिन्। ट्रान्स समुदायप्रति समाजमा अझै विभेदपूर्ण सोच कायम रहेकाले आफूले पनि त्यसको असर भोग्नुपरेको उनको भनाइ थियो।

उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले पर्यटन प्रवर्द्धनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याइरहेको उल्लेख गर्दै राज्यले नेपाललाई एलजीबीटीआई–मैत्री राष्ट्रका रूपमा थप स्पष्ट सन्देश दिनुपर्ने बताइन्।

मध्य जेठमा सगरमाथा सफलतापूर्वक आरोहण गरेकी निलमले आफ्नो उपलब्धिलाई सीमान्तकृत समुदायको साझा जितको रूपमा व्याख्या गरिन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com