चिया निर्यात संकट समाधानका लागि सरकारले गठन गर्यो कार्यदल

काठमाडौं असार ९ - सरकारले नेपालबाट भारतमा हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्नका लागि कार्यदल गठन गरेको छ ।
सरकारले चिया निर्यातमा देखिएको समस्याको अध्ययन गरी दुई हप्ताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गरेको हो । भारतको नयाँ नियमका कारण नेपाली चिया निर्यात ठप्प भएकोबारे उद्योगीहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।
सूर्योदय अर्थोडक्स चिया उत्पादक संघको नेतृत्वमा उद्योगी र किसानले प्रधानमन्त्री कार्यालय, कृषि र उद्योग मन्त्रालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
कार्यदलको सदस्यहरुमा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, अर्थ, गृह, परराष्ट्र र कृषि मन्त्रालयका उपसचिव, भन्सार विभागका उपमहानिर्देशक रहेका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



