बाढीपीडितलाई रकम दिएर पन्छिन खोज्दैछ सरकार : सांसद साह

काठमाडौं ,भदौ २६ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपक कुमार साहले सरकार बाढीपीडितलाई व्यवस्थापन गर्नबाट पन्छिन खोजेको आरोप लगाएका छन ।
शुक्रवार महिला तथा सामाजिक मामिला समितिको बैठकमा उनले बाढीपीडितलाई केही रकम दिएर आफ्नो व्यवस्थापन आफै गर भन्ने मुडमा सरकार पुगेको बताए । उनले विपदमा सरकार अभिभावक बन्नुपर्ने बताए । बाढीपीडितहरुको सही व्यवस्थापन सरकारको अनिवार्य दायित्व भएकोले यसबाट पन्छिन नमिल्ने उनको भनाई छ । प्रभावित नागरिकलाई रकम मात्र उपलब्ध गराएर समस्या समाधान नहुने भन्दै उनले दीर्घकालीन पुनस्र्थापना र मनोसामाजिक सहयोग आवश्यक रहेको बताए । उनले विपद्पछिको राहत तथा पुनस्र्थापनाको अवस्था अझै पर्याप्त नभएको बताए । राहत वितरणमा अपनाइएको ‘वान डोर’ नीतिप्रति समेत उनले प्रश्न उठाए ।
उनले विपद्का बेला महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित संसदीय समिति १६ दिनसम्म निष्क्रिय बसेकोमा समेत असन्तुष्टी जनाए । विपद्को समयमा समितिले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने भएपनि प्रभावकारी रूपमा सक्रिय हुन नसकेको उनको भनाई छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...


