Global TV Logo
लोड हुँदैछ...

सरकारले सेनालाई ‘सस्तो’ बनायो : मिराज ढुंगाना

S
Sristi Thakuri
२०२६-०८-०६, ११:३३ AM
होमपेज/विशेष समाचार
सरकारले सेनालाई ‘सस्तो’ बनायो : मिराज ढुंगाना

काठमाडौं , साउन २१ - जेनजी अभियन्ता मिराज ढुंगानाले सरकारले नेपाली सेनाको परिचालनलाई सामान्य बनाउँदै सेनाको संस्थागत प्रतिष्ठामाथि असर पुर्‍याएको आरोप लगाएका छन् ।  बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले साना–साना आन्तरिक घटनामा समेत सेना परिचालन गर्दा दीर्घकालीन रूपमा राष्ट्रिय सुरक्षा र सेनाप्रति जनविश्वास कमजोर हुन सक्ने चेतावनी दिए । 

हालै कप्तानगञ्जमा भएको साम्प्रदायिक झडपका क्रममा प्रहरीले गोली चलाउनु र त्यसपछिको अवस्था नियन्त्रण गर्न सेना परिचालन गर्नु दुवै निर्णय उचित नभएको उनको भनाई थियो। द्वन्द्व व्यवस्थापनका क्रममा प्रहरीले प्राणघातक हतियारको सट्टा नन–लिथल उपकरणको प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । 

ढुंगानाले कप्तानगञ्ज घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताउँदै, नेपालजस्तो बहुजातीय र सामाजिक रूपमा संवेदनशील मुलुकमा परिपक्व सुरक्षा नीति आवश्यक रहेको उल्लेख गरे ।

 राष्ट्रियता, भौगोलिक अखण्डता र जनसुरक्षालाई केन्द्रमा राखेर सुरक्षा रणनीति अघि बढाउन उनले  सरकारसँग आग्रह गरे । 

उनले पेट्रोलियम पदार्थमा भइरहेको मिसावट नियन्त्रण गरी मूल्य घटाउन सरकारलाई आग्रह गर्दै नेपालको परराष्ट्र नीतिप्रति पनि प्रश्न उठाए ।  नेपालमा चीनविरोधी गतिविधि भइरहेको दाबी गर्दै यस विषयमा सरकार स्पष्ट हुनुपर्ने उनको भनाइ थियो।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com