Global TV Logo
लोड हुँदैछ...

राहत, उद्धार र उपचारलाई सरकारले बनायो तीव्र, गम्भीर घाइते काठमाडौं ल्याइँदै

S
Sristi Thakuri
२०२६-०८-२७, ०५:२७ AM
होमपेज/विशेष समाचार
राहत, उद्धार र उपचारलाई सरकारले बनायो तीव्र, गम्भीर घाइते काठमाडौं ल्याइँदै

काठमाडौं , भदौ ११ - सरकारले विपद् प्रभावित क्षेत्रमा राहत वितरण, घाइतेको उद्धार तथा उपचारलाई तीव्र बनाएको छ। राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलका अनुसार प्रभावित क्षेत्रमा चाउचाउ, बिस्कुटलगायत तयारी खाद्यान्न तथा आवश्यक बन्दोबस्तीका सामग्री पुर्‍याइएको छ।

राहत वितरणमा सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिइएको छ। घाइतेको उपचारका लागि मेडिकल टोली परिचालन गरिएको छ भने गम्भीर घाइतेलाई काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ।

गम्भीर घाइतेको उपचारका लागि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र निजामती अस्पताललाई ‘डेडिकेटेड’ अस्पताल तोकिएको छ। साथै, पहिचान भएका मृतकका शव कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाउने काम भइरहेको सरकारले जनाएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com