Global TV Logo
लोड हुँदैछ...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न सरकारले लगानी गर्ने

S
Sristi Thakuri
२०२६-०८-२२, ०९:०० AM
होमपेज/विशेष समाचार
हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न सरकारले लगानी गर्ने

काठमाडौं , भदौ ६ -  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि सरकारले आवश्यक लगानी गर्ने बर्ताएकिछन् । 

शनिबार उद्योगको निरीक्षण गर्दै मन्त्री यादवले उद्योग सञ्चालनको मोडालिटीबारे छलफल भइरहेको र बन्द रहेका उद्योगलाई क्रमशः पुनः सञ्चालन गर्ने सरकारको तयारी रहेको जानकारी दिइन् । 

उद्योगमा रहेका ४८८ वटा मेसिनमध्ये हाल १२ वटा मात्र सञ्चालनमा रहेको बताइएको छ। नेपाली सेनालाई मर्मतसम्भार तथा उत्पादनको जिम्मेवारी दिएपछि गत साउन २३ गते दुईवटा लुम सञ्चालन गरी परीक्षण उत्पादनसमेत गरिएको थियो।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०३२ सालमा स्थापना भएको उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। उत्पादन, बजार व्यवस्थापन र व्यवस्थापकीय समस्याका कारण २०५६ सालदेखि उत्पादन बन्द भएको उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द अवस्थामा छ।

मन्त्री यादवले उद्योग पुनः सञ्चालनमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकता दिइने बताकिछन् । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com