Global TV Logo
लोड हुँदैछ...

धनुषाबाट सबैभन्दा बढी, मनाङबाट सबैभन्दा कम श्रमिक वैदेशिक रोजगारीमा

S
Sristi Thakuri
२०२६-०७-२०, ०५:४९ AM
होमपेज/विशेष समाचार
धनुषाबाट सबैभन्दा बढी, मनाङबाट सबैभन्दा कम श्रमिक वैदेशिक रोजगारीमा

काठमाडौं, साउन ४ - गत आर्थिक वर्ष २०८२/८३ मा धनुषाबाट सबैभन्दा बढी वैदेशिक रोजगारीमा गएका छन् । 

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ७७  जिल्लामध्ये धनुषाबाट सबैभन्दा धेरै श्रमिक वैदेशिक रोजगारीमा गएका हुन् । श्रम स्वीकृति लिएर सबैभन्दा कम मनाङबाट गएका छन् ।

 विभागका अनुसार धनुषाबाट वैदेशिक रोजगारीमा जान गत आर्थिक वर्ष ३८ हजार ५ सय ५३ जनाले श्रम स्वीकृति लिएका थिए । त्यस्तै झापाबाट कुल ३५ हजार १ सय २४ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्ष मनाङबाट जम्मा २ सय १७ जनाले मात्रै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । 

त्यसपछि मुस्ताङ २ सय ४४, डोल्पा ६ सय १४, हुम्ला ६ सय ४३ र दार्चुलाबाट २ हजार ३ सय ५३ जनाले श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार गत आर्थिक वर्षभर वैदेशिक रोजगारीका लागि कुल ७ लाख ९२ हजार १ सय ८७ जनाले श्रम स्वीकृति लिएका छन् ।

 तीमध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिला रहेका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com