Global TV Logo
लोड हुँदैछ...

मानव अधिकार आयोगको प्रतिवेदन अझै प्रधानमन्त्री कार्यालयमा पुगेन

S
Sristi Thakuri
२०२६-०५-३१, ०८:३८ AM
होमपेज/समाचार
मानव अधिकार आयोगको प्रतिवेदन अझै प्रधानमन्त्री कार्यालयमा पुगेन

राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अझै प्राप्त नभएको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले उक्त जानकारी दिएका हुन्।श्रम, संस्कृति पार्टीका सांसद आर्यन राईले जेनजी आन्दोलनबारे तयार पारिएको छानबिन प्रतिवेदन कहिले कार्यान्वयन हुन्छ भन्ने प्रश्न उठाएपछि प्रधानमन्त्रीले जवाफ दिएका हुन्।प्रधानमन्त्री शाहका अनुसार प्रतिवेदन सरकारको आधिकारिक निकायमा हालसम्म प्राप्त भएको छैन। उनले प्रतिवेदन प्राप्त भएपछि त्यसलाई सार्वजनिक गर्ने र आवश्यक प्रक्रिया अघि बढाइने स्पष्ट पारे।“प्रधानमन्त्री कार्यालयमा आधिकारिक रूपमा आएको छैन, आएपछि सार्वजनिक गर्छौं,” प्रधानमन्त्री शाहले संसद्मा भने।सरकारले प्रतिवेदन प्राप्त भएपछि आवश्यक अध्ययन र कार्यान्वयन प्रक्रिया अघि बढाउने तयारी गरेको बताइएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
मानव अधिकार आयोगको प्रतिवेदन अझै प्रधानमन्त्री कार्यालयमा पुगेन | Global TV Khabar