रसुवा बाढीको असर मुस्ताङको पर्यटनमा, भदौमा पर्यटक आगमन ४७.७८ प्रतिशत घट्यो

काठमाडौं , असोज ४- गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी बाढीपछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको पर्यटकीय तथ्यांकअनुसार चालु वर्षको साउनको तुलनामा भदौमा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन संख्या घटेको हो । कालीगण्डकी करिडोर सडकमार्ग बाढी पहिरोले अवरुद्ध हुँदासमेत मुस्ताङमा पर्यटकको आगमन उल्लेख रहे पनि रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन संख्या ह्वात्तै घटेको प्रहरीको तथ्यांकले देखाएको छ । प्रहरीका अनुसार चालु वर्षको साउनमा भन्दा भदौ महिनामा २९ हजार २ सय ७४ पर्यटक घटेको देखाउँछ । यो अघिल्लो महिनाको भन्दा भदौमा भन्दा ४७ दशमलव ७८ प्रतिशत कम हो । चालु वर्षको साउनमा आन्तरिक ३० हजार ६ सय ५५ जना, सार्क ३१ हजार ५ सय ७५ र अन्य राष्ट्रका १ सय ९३ जना गरी ६१ हजार २ सय ६३ जना पर्यटक मुस्ताङ भित्रिएका थिए । चालु वर्षको भदौमा आन्तरिक १६ हजार ५ सय ३, सार्क १५ हजार १ सय ३८ र अन्य राष्ट्रका ३ सय ४८ गरी ३१ हजार ९ सय ८९ जना पर्यटक मुस्ताङ आएका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



