Global TV Logo
लोड हुँदैछ...

बाढीले कृष्णभीरमा सडक कटान गरेपछि काठमाडौं–मुग्लिन सडक ठप्प

B
Binita Thapa
२०२६-०८-३०, ०३:३४ AM
होमपेज/विशेष समाचार
बाढीले कृष्णभीरमा सडक कटान गरेपछि काठमाडौं–मुग्लिन सडक ठप्प

भदौ १४- बाढीका कारण काठमाडौं- मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाव बढ्दा सडक अवरुद्ध भएको हो ।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको छ । बाढीले कटान गरेपछि सडक केही भासिएको छ ।

आज बिहान केहीबेर अवरुद्ध भएर खुलेको सडक केही समयमै पूर्णरुपमा बन्द भएको हो । सडक बन्द भएपछि यात्रु अलपत्र परेका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com