संसदको बर्खे अधिवेशन कानून निर्माणमा प्रभावकारी हुन सकेन : खुश्बु ओली

काठमाडौँ , असोज २९ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले संसदको बर्खे अधिवेशन कानून निर्माणको हिसावले प्रभावकारी हुन नसकेको बताएकी छन् ।
बिहीवार काठमाडौं आफ्नो संसदीय रिपोर्टकार्ड सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संसद सत्तापक्ष र प्रतिपक्षबीच राजनीतिक आरोप–प्रत्यारोपमा बढी केन्द्रित हुँदा जन सरोकारका मुद्दा र कानुनी बहस कमजोर बनेको बताएकी हुन् । साथै प्रमुख सचेतक ओलीले आफूले संसदमा जनजीविका, नागरिक अधिकार, श्रमिकका समस्या, सार्वजनिक खर्चको निगरानी र सरकारी जवाफदेहिताका विषयलाई प्राथमिकताका साथ उठाएको दाबी गरेकी छन् । साथै उनले राष्ट्रिय हित र धर्मान्तरण, हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था, प्रदेश संरचना तथा गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी विषयमा समेत सरकारको ध्यानाकर्षण गराएको उल्लेख गरिन् ।
प्रतिपक्षको भुमिका सरकारको विरोधमा मात्र सिमित नभई सरकारलाई जिम्मेवार बनाउने र जनताका समस्या समाधान गर्न संस्थागत दबाब सिर्जना गर्ने हुनुपर्नेमा आफूले जोड दिएको पनि प्रमुख सचेतक ओलीको भनाई छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



