Global TV Logo
लोड हुँदैछ...

पाँच दिन स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै

B
Binita Thapa
२०२६-०६-०८, ०३:३७ AM
होमपेज/समाचार
पाँच दिन स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ,जेठ २५- संघीय संसद अन्र्तगतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । 

विपक्षी दलको लगातारको अवरोधका कारण पाँचदिनको लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेगरी बोलाइएको हो । आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल र विभिन्न विधेयकहरू प्रस्तुत गर्ने मुख्य कार्यसूची रहेको छ । 

बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुनेछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३-०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसपछि राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।

 छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिनेछन् । व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री वाग्लेले विभिन्न महत्वपूर्ण विधेयकहरू सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ । उनले ‘विनियोजन विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै उक्त विधेयक संसदमा प्रस्तुत गर्नेछन् । 

यसैगरी, अर्थमन्त्रीले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै ती विधेयकहरू संसदमा प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । तर,आजको बैठकमा पनि विपक्षी दलहरुले अवरोध कायम राख्ने रणनीति अपनाएका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
पाँच दिन स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै | Global TV Khabar