Global TV Logo
लोड हुँदैछ...

संशोधनमा सहमति जुट्न नसक्दा राष्ट्रिय सभा बैठक स्थगित

S
Sristi Thakuri
२०२६-०५-३१, ०७:२८ AM
होमपेज/समाचार
संशोधनमा सहमति जुट्न नसक्दा राष्ट्रिय सभा बैठक स्थगित

राष्ट्रिय सभाको आइतबारको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई महत्वपूर्ण विधेयकमाथि दलहरूबीच सहमति जुटाउने प्रयास भइरहेका कारण बैठक रोकिएको बताइएको छ।बिहान ११:१५ बजेका लागि तय गरिएको बैठक करिब एक घण्टा ढिलो सुरु भएको थियो।

 बैठकमा शून्य समय सञ्चालन गरिएपछि केही सांसदहरूले समसामयिक विषयमा धारणा राखेका थिए। त्यसलगत्तै सभाध्यक्ष नारायण दाहालले विशेष समय नराखिएको जानकारी दिँदै २० मिनेटका लागि बैठक स्थगित गरेका थिए।आजको कार्यसूचीअनुसार प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाबाट प्राप्त ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम थियो। त्यसपछि उक्त विधेयक पारित गर्ने प्रस्तावसमेत पेश गर्ने तयारी थियो।यस्तै, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ लाई पनि आजकै बैठकबाट पारित गर्ने कार्यसूची तय गरिएको थियो। तर दुवै विधेयकमाथि परेका संशोधन प्रस्तावका विषयमा दलहरूबीच छलफल जारी रहेकाले बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको हो।संसद् स्रोतका अनुसार दुवै विधेयकमा तीन–तीन वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। ती संशोधनका विषयमा सहमति जुटाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग संवाद गरिरहेकी छन्।सरकार र दलहरूबीच सहमति बनेपछि मात्र विधेयकलाई अगाडि बढाउने तयारी गरिएको बताइएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
संशोधनमा सहमति जुट्न नसक्दा राष्ट्रिय सभा बैठक स्थगित | Global TV Khabar