Global TV Logo
लोड हुँदैछ...

वैकल्पिक व्यवस्थापन माग्दै भूमिहीन सुकुम्बासीको आन्दोलन जारी

S
Sristi Thakuri
२०२६-०७-२३, ०८:५८ AM
होमपेज/विशेष समाचार
वैकल्पिक व्यवस्थापन माग्दै भूमिहीन सुकुम्बासीको आन्दोलन जारी

काठमाडौं , साउन  ७ - भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुले आफ्नो बसोवास तथा जग्गाको स्वामित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै बिहीवार पनि आन्दोलन जारी राखेका छन् । 

सरकारले वैकल्पिक व्यवस्थापन नगरी उठिवास लगाएको भन्दै उनीहरुले काठमाडौंको माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । सरकारले समस्या समाधान नगरेसम्म आन्दोलन थप सशक्त रुपमा जारी राख्ने उनीहरुले बताए । सुकुम्बासी नागरिक प्रेमबहादुर तामाङले सरकारले सुकुम्बासी र हुकुम्बासी नछुट्याइकन सबैलाई एउटै डालोमा हाल्ने काम गरेको भन्दै आपत्ति जनाए । भूमि भएका र नभएका नागरिकको छानविन गरेर मात्र सुकुम्बासी बस्ति हटाउनुपर्नेमा सरकारले त्यसो नगरेको उनको भनाइ छ । उनले आफूहरुको वैकिल्पक व्यवस्थापन नभएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी समेत दिए ।

सरकारले गत वैशाख १२ र १३ गते काठमाडौैं उपत्यकाका विभिन्न खोला तथा नदी किनारमा रहेका सुकुम्बासी बस्तीमाथि डोजर चलाएको थियो । १५ दिनभित्र वैकल्पिक व्यवस्थापन गर्ने भनेपनि सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन गर्न सकेको छैन ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com