नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमिति पूर्ण

नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । शुक्रबार सम्पन्न निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी भएका छन् ।निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्ष पदमा वैद्यले ५६ मत प्राप्त गर्दै विजय हासिल गरे । उनका प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत पाए ।यस्तै, कोषाध्यक्ष पदमा मनिषलाल प्रधान ६१ मतसहित निर्वाचित भए । उनका प्रतिद्वन्द्वी अम्बिकाप्रसाद पौडेलले १६ मत प्राप्त गरेका थिए ।निर्वाचित दुवै पदाधिकारी अध्यक्ष अञ्जन श्रेष्ठ निकट समूहबाट विजयी भएका हुन् । यससँगै महासङ्घको नयाँ कार्यकारिणी समितिले पूर्णता पाएको छ ।महासङ्घको नयाँ नेतृत्वले निजी क्षेत्रको हित, उद्योग व्यवसाय प्रवर्द्धन तथा आर्थिक गतिविधि सशक्त बनाउन सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



