Global TV Logo
लोड हुँदैछ...

मध्यपूर्वमा जारी द्वन्द्व चरम सीमामा

B
Binita Thapa
२०२६-०६-०३, ०५:०२ AM
होमपेज/समाचार
मध्यपूर्वमा जारी द्वन्द्व चरम सीमामा

जेठ २० - मध्यपूर्वमा जारी द्वन्द्व चरम सीमामा पुगेको छ । 

मध्यपूर्वको तनाव अन्त्य गर्न भइरहेका प्रयासकाबीच इरानले आफ्ना छिमेकी मुलुक कुवेत र बहराइनलाई निशाना बनाउँदै भीषण मिसाइल तथा ड्रोन आक्रमण गरेको हो । इरानको आक्रमणपछि कुवेतभर त्रास फैलिएको छ । बहराइनमा समेत खतराको साइरन गुञ्जायमान भएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले यसअघि भएका अमेरिकी सैन्य कारबाहीको बदला स्वरूप यो कदम चालेको दाबी गरेको छ । 

कुवेती सेनाका अनुसार इरानको तर्फबाट प्रहार गरिएका मिसाइल र आत्मघाती ड्रोनहरूलाई कुवेतको बलियो एअर डिफेन्स सिस्टमले हावामै ध्वस्त पारिदिएको छ । कुवेतले आफ्ना नागरिकहरूलाई सुरक्षा निर्देशनहरू पालना गर्न र संयमित रहन अपिल गरेको छ । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानले कुवेततर्फ प्रहार गरेका दुईवटा मिसाइलहरू बीच बाटोमै खसेका वा टुक्रिएका थिए । 

यसैबीच, बहराइनको गृह मन्त्रालयले पनि देशमा सुरक्षा अलर्ट जारी गर्दै चेतावनी साइरन बजाएको छ । नागरिकहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । बहराइनतर्फ आएका तीनवटा इरानी मिसाइललाई अमेरिकी र बहराइनी एअर डिफेन्स फोर्सले सफलतापूर्वक बीचमै रोकेर नष्ट गरेको बताएको छ । कुवेत र बहराइनले इरानको पछिल्लो कदमलाई क्षेत्रीय शान्ति र सार्वभौमिकतामाथिको गम्भीर खतरा भन्दै कडा शब्दमा निन्दा गरेका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com