क्रिकेटको जोश, संगीतको ऊर्जा : ‘एक्स्ट्रिम एन्थम’ सार्वजनिक

कात्तिक ९- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि एक्स्ट्रिम इनर्जी ड्रिंकले क्रिकेटको उत्साहलाई संगीतसँग जोड्दै ‘एक्स्ट्रिम एन्थम’ सार्वजनिक गरेको छ ।
मैदानमा ब्याट र बलबीच हुने रोमाञ्चक प्रतिस्पर्धा,चौका–छक्कासँगै गुञ्जिने दर्शकको हुटिङ र आफ्नो टोलीको जितका लागि धड्किने समर्थकको भावनालाई गीतमार्फत प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । हरेक बलसँग बढ्ने उत्सुकता, चौका–छक्कामा उम्लिने खुसी र आफ्नो टोलीको जितमा झल्किने गर्वलाई एउटै सांगीतिक लयमा बाँध्ने प्रयास एन्थममा गरिएको छ । एनपीएल तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिंकले काठमाण्डौ गोर्खाज, लुम्बिनी लायन्स,विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ ।
पोखरा एभेन्जर्ससँग भने जर्सीको छाती भागमा लोगो रहने गरी प्रायोजन साझेदारी गरिएको छ । खेलाडीको जित्ने अठोट,टोलीप्रति समर्थकको विश्वास र दर्शकदीर्घाबाट गुञ्जिने उत्साहलाई संगीतमार्फत जोडेर क्रिकेटप्रेमीसँग अझ नजिकिने प्रयास गरिएको कम्पनीको भनाइ छ । ‘एक्स्ट्रिम एन्थम’मा युनिक पोयटको नामले परिचित उत्साह जोशीको स्वर तथा शब्द रहेको छ । ब्लुज अर्थात् सुरज शाहीले संगीत सिर्जना तथा संयोजन गरेका छन् । यसको निर्माण भने एनएफटीपी टिमले गरेको हो । विशेषगरी युवा पुस्ताको सांगीतिक रुचि र क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राखेर एन्थम तयार गरिएको कम्पनीले जनाएको छ ।
मैदानमा खेलाडीले देखाउने जोश र दर्शकले महसुस गर्ने रोमाञ्चलाई संगीतमा उतारेर क्रिकेटको माहोललाई थप ऊर्जावान बनाउने उद्देश्य कम्पनीले राखेको छ । कम्पनीका अनुसार एन्थम एउटा गीतमा मात्रै सीमित नभई क्रिकेट र संगीतलाई एउटै उत्सवमा जोड्ने सिर्जनात्मक प्रयास हो ।
‘एक्स्ट्रिम एन्थम’ एक्स्ट्रिम इनर्जी ड्रिंकको आधिकारिक युट्युब र टिकटक प्लेटफर्ममार्फत हेर्न तथा सुन्न सकिने कम्पनीले जनाएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



