विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्छ : सांसद सुवेदी

काठमाडौं, असोज १२ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कमल सुवेदीले विपद् जोखिम न्युनिकरणका लागि नेपालको विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्ने बताएका छन ।
सोमवार काठमाडौंमा आयोजित विपद् जोखिम न्युनिकरण र व्यवस्थापनसम्बन्धी कानूनी प्रावधान र कार्यन्वयनको अवस्थासम्बन्धी अन्तरक्रियामा उनले विकास निर्माण गर्नुअघि भौगोलिक तथा विपद् जोखिमको अध्ययन गर्नुपर्ने बताए । जोखिमयुक्त क्षेत्र पहिचानका लागि नेपालभित्र उपलब्ध विज्ञ जनशक्तिको उपयोग गर्नुपर्ने र आवश्यक परेमा अन्तर्राष्ट्रिय विज्ञको समेत सहयोग लिनुपर्ने उनको भनाई छ ।
उनले विपद्पछि तत्काल गरिने प्रतिकार्य र पुनःस्थापनामा मात्रै सीमित भएर जोखिम न्यूनीकरण सम्भव नहुने बताए । विपद् प्रभावित नागरिकहरू आफ्नो पुरानै स्थानमा फर्किएर बस्न चाहने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्दा रोजगारी तथा जीविकोपार्जनका अवसरसमेत सुनिश्चित गर्नुपर्ने बताए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



