पूर्वन्यायाधीशको निधनपछि आज सर्वोच्च अदालतको इजलास बन्द
S
Sristi Thakuri२०२६-०५-२१, ०५:३३ AM

सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधान को निधन भएको छ । उनको बुधबार निधन भएको हो । लामो समय न्याय क्षेत्रमा सक्रिय रहँदै आएका प्रधानको निधनप्रति न्यायालय, कानुन व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गरेका छन् । पूर्वन्यायाधीश प्रधानको निधनको शोकमा आज सर्वोच्च अदालतमा नियमित इजलास सञ्चालन नहुने भएको छ । सर्वोच्च अदालत प्रशासन शाखाले सूचना जारी गर्दै शोकका कारण आजका लागि तय गरिएका इजलास तथा सुनुवाइ कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो ।सर्वोच्च प्रशासनका अनुसार अत्यावश्यक प्रकृतिका बाहेक अन्य मुद्दाको सुनुवाइ आजका लागि रोकिएको छ । अदालत परिसरमा दिवंगत प्रधानप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सभा समेत आयोजना गरिने जनाइएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



