Global TV Logo
लोड हुँदैछ...

शवबाट मुन्द्रा निकाल्दै गरेको भिडियो भाइरल, दुई जना पक्राउ

S
Sristi Thakuri
२०२६-०८-२७, १२:२९ PM
होमपेज/विशेष समाचार
शवबाट मुन्द्रा निकाल्दै गरेको भिडियो भाइरल, दुई जना पक्राउ

काठमाडौं , भदौ ११ - बाढीले बगाएर ल्याएको मृतकको शवबाट कानमा लगाएको मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय चितवनले घटनाबारे अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा भिडियोमा देखिएका व्यक्तिको पहिचान गर्दै प्रहरीले बिहीबार भरतपुर महानगरपालिका–१, पोखरा बसपार्क क्षेत्रबाट दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीलाचोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका–५ घर भई हाल भरतपुर–२ पोखरा बसपार्कस्थित सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन्।

प्रहरीका अनुसार तिब्बततर्फबाट आएको भीषण पहिरोसँगै भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको शवबाट मुन्द्रा निकाल्दै गरेको दृश्य भिडियोमा देखिएको थियो। उक्त भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर संलग्न व्यक्तिको खोजी अघि बढाएको थियो।

भिडियोमा देखिएको हुलिया र अन्य अनुसन्धानबाट पहिचान खुलेपछि गुरुङ र चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ। घटनामा उनीहरूको संलग्नता, शवबाट निकालिएको भनिएको मुन्द्रालगायत विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com