Global TV Logo
लोड हुँदैछ...

आजदेखि देशभरको मौसममा सुधार आउने

B
Binita Thapa
२०२६-११-०१, ०३:३० AM
होमपेज/विशेष समाचार
आजदेखि देशभरको मौसममा सुधार आउने

काठमाडौँ, कात्तिक १५- अर्नब चक्रवातको प्रभावका कारण गएको बिहीवारदेखि देशका धेरै ठाउँमा लगातार वर्षा र झरी परेकोमा शनिबार बेलुकीदेखि वर्षा रोकिएको छ । 

शनिबार दिनभर परेको वर्षा बेलुकी क्रमश : कम हुँदै गएको हो । गएराति काठमाण्डौ उपत्यका आसपासका एक÷दुई ठाउँमा छिटपुट वर्षा भए पनि देशका धेरैजसो ठाउँबाट अर्नब चक्रवातको प्रभाव हटेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । आजदेखि देशभरको मौसममा सुधार आउनेछ । यद्यपि, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी एक÷दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यस्तै, तराईका क्षेत्र, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा केही ठाउँमा हुस्सु तथा कुहिरो लाग्ने अनुमान छ । वर्षा रोकिएसँगै मौसममा सुधार आए पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा चिसो बढेको छ । 

यसैगरी, गण्डकी तथा कोशी जलाधार क्षेत्रका स–साना नदीहरूमा बाढीको जोखिम आजसम्मै रहने भएकाले विशेष सतर्कता अपनाउन मौसमविदले सम्बन्धित क्षेत्रका बासिन्दालाई आग्रह गरेका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com