तिहारका पाँचै दिन देशभर मौसम सफा रहने, पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
S
Sristi Thakuri२०२६-११-०५, ०५:१४ AM

काठमाडौं, कात्तिक १९ - यस वर्षको तिहारका पाँचै दिन देशका धेरै ठाउँको मौसम घमाइलो हुने भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी शनिबार काग तिहारदेखि बुधबार भाइटीकाको दिनसम्म धेरै ठाउँमा मौसम सफा रहनेछ । तिहार अवधिभर तराईका धेरै ठाउँमा मौसम सफा रहनेछ भने हिमाली तथा पहाडी क्षेत्रका थोरै ठाउँमा आंशिक बदली हुने महाशाखाको अनुमान छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण हिमाली तथा पहाडी थोरै ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने भए पनि त्यसको प्रभाव सामान्य रहने छ । तिहार अवधिमा बिहानपख तराई, उपत्यका तथा खोँचका केही ठाउँमा हुस्सु र कुहिरो लाग्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । समग्रमा तिहारका पाँच दिन देशभर ठूलो मौसमी प्रणालीको प्रभाव नदेखिने हुँदा पर्व मनाउन अनुकूल मौसम रहने मौसमविद्को भनाइ छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...

