Global TV Logo
लोड हुँदैछ...

नेपाल–भारत सीमाका हराएका स्तम्भ पुनःस्थापनाको काम जारी

S
Sristi Thakuri
२०२६-०६-१०, १०:५४ AM
होमपेज/विशेष समाचार
नेपाल–भारत सीमाका हराएका स्तम्भ पुनःस्थापनाको काम जारी

नेपाल–भारत सीमा व्यवस्थापनका विषयमा छलफल गर्न दुवै देशको संयुक्त कार्य समूहको बैठक आगामी अगस्टमा बस्ने भएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्रीको तर्फबाट जवाफ दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचका विभिन्न द्विपक्षीय संयन्त्रहरूलाई पुनः सक्रिय बनाइएको जानकारी दिए। उनका अनुसार सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्य समूहको बैठक अगस्ट २०२६ मा आयोजना गर्ने तयारी भइरहेको छ।

मन्त्री खनालले सीमा क्षेत्रमा हराएका तथा क्षतिग्रस्त सीमा स्तम्भहरूको मर्मत, पुनःस्थापना र पुनर्निर्माणको काम पनि अघि बढिरहेको बताए। यसका लागि संयुक्त फिल्ड सर्वे टोलीका चार वटा समूह सीमाका विभिन्न क्षेत्रमा खटिएर काम गरिरहेका छन्।

उनले सीमा व्यवस्थापनसँगै सीमा क्षेत्रमा देखिएका विभिन्न समस्याको समाधानका लागि नेपाल र भारतबीच निरन्तर समन्वय र सहकार्य भइरहेको उल्लेख गरे।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com