Global TV Logo
लोड हुँदैछ...

आज पहाडी क्षेत्रमा ठूलो वर्षाको सम्भावना, हावाहुरीको पनि चेतावनी

S
Sristi Thakuri
२०२६-०८-२५, ०५:२१ AM
होमपेज/विशेष समाचार
आज पहाडी क्षेत्रमा ठूलो वर्षाको सम्भावना, हावाहुरीको पनि चेतावनी

काठमाडौं , भदौ ९ - जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी क्षेत्रका एक÷दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाले आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रका एक÷दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जनाएको हो । त्यस्तै,मधेस र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । आज बिहान बागमती र गण्डकी प्रदेशका केही स्थान, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मधेस प्रदेशको एक÷दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज राति पनि कोशी, बागमती र गण्डकी तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com