Global TV Logo
लोड हुँदैछ...

पार्टीमा नेतृत्व परिवर्तनको प्रश्न छैन : अध्यक्ष ओलीको दाबी

S
Sristi Thakuri
२०२६-०६-१८, ०८:४४ AM
होमपेज/विशेष समाचार
पार्टीमा नेतृत्व परिवर्तनको प्रश्न  छैन  : अध्यक्ष ओलीको दाबी

काठमाडौँ, असार ३ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा नेतृत्व परिवर्तनको प्रश्नै नरहेको दाबी गरेका छन् ।

एमाले पार्टी जागरण अभियान कोशी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले नेतृत्वका सन्दर्भमा बाहिर भएका हल्लाहरू पानीका फोकाजस्तै भएको दाबी गरेका हुन् । ओलीले आफूलाई जिम्मेवारी छोडेर भाग्छ कि भन्ने आशंका नगर्न आग्रह पनि गरेका छन् ।

 आफुलाई पार्टीको ११ औं महाधिवेशनले देशमा सिर्जना भएका अफ्ठ्याराहरू, पार्टीका लागि आइपरेका अफ्ठ्याराहरूलाई पराजित गरेर आन्दोलनलाई पार लगाउन भनेर अध्यक्षको जिम्मेवारी दिएको जिकिर गर्दै अध्यक्ष ओलीले संकटको परिस्थितिमा पार्टी नछोड्ने स्पष्ट पारेका छन् ।

 अध्यक्ष ओलीले विधानमा व्यवस्था नभएको महाधिवेशन प्रतिनिधि परिषद् बैठक भन्दै केही मानिस उत्ताउलिएर बोल्दै हिँडेको टिप्पणी गर्दै त्यस्तो भ्रम र अन्यौलमा नपर्न नेता–कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । एमाले खरानीको डल्लोजस्तो नभई सुदृढ र एकताबद्ध पार्टी भएको दाबी गर्दै उनले निकट भविष्यमा फेरि जित्ने विश्वास पनि व्यक्त गरेका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com