नेपालको जेलमा हजारौं विदेशी कैदी, के छ अपराध ?

प्रायः जसो विदेशी घुम्न, व्यापार व्यवसाय गर्न वा जागिर खोज्ने शिलशिलामा नेपाल आउने गरेका छन् । तर, कतिपय विदेशी नागरिक आपराधिक मनस्थिति बोकेरै पनि नेपाल आउने गरेको विभिन्न अनुसन्धानले देखाएको छ । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार, पछिल्लो ३ बर्षको अवधिमामात्र १ हजारभन्दा बढी विदेशी विभिन्न अपाराधिक घटनामा संलग्न भएको आरोपमा कानुनी कारबाही झेलीरहेका छन् । जसले गर्दा नेपालमा विदेशी नागरिकको निगरानी, भिसा दुरुपयोग र पर्यटकीय क्षेत्रको व्यवस्थापनका बारेमा अनेकन प्रश्न उठाएको छ । जानकारहरुका अनुसार, नेपालमा आएर विदेशी नागरिकहहरु विभिन्न अपराधमा संलग्न हुनुको मुख्य कारण भनेको खुला सीमा, कानूनको कमजोर कार्यान्वयन र फितलो अध्यागमन नीति नै हो । अधिकांश विदेशीहरु पर्यटकको आवरणमा नेपाल प्रवेश गर्छन् । यसरी विभिन्न अपराधिका कार्यमा संलग्न भएर नेपाली अदालतबाट सजाय पाएका हजारौं विदेशीहरु नेपालका विभिन्न जेलमा छन् । कारागार व्यवस्थापन विभागका अनुसार नेपालका विभिन्न कारागारमा १ हजार ४ सय ३३ जना विदेशी कैदीबन्दी छन् । नेपालका कारगारमा रहेका कुल कैदीबन्दीमध्ये ४.६८ प्रतिशत विदेशी नागरिक रहेको विभागको तथ्यांकले देखाउँछ । नेपालका कारागारमा भारत, भुटान, बोलिभिया, बर्मा, चीन, जाम्बिया, पाकिस्तान, क्यानडा, सर्विया, अमेरिका, जर्मनी र चेक रिपब्लिक गरी ३३ देशका कैदीबन्दी छन् । विभागका तथ्यांकले नेपालका कारागारमा रहेको विदेशी कैदीबन्दीमा सबैभन्दा ठूलो संख्या भारतीयको छ । नेपालका विभिन्न कारागारमा एक हजार ९५ जना भारतीय नागरिक कैदीबन्दी छन् । अर्थात् नेपालका कारागारमा रहेका कुल विदेशी कैन्दीबन्दीमा ७६ दशमलब ४५ प्रतिशत भारतीय छन् । कर्तव्य ज्यान मुद्दा, लुटपाट, ठगी, लागुऔषध कारोबार लगायतका मुद्दामा आरोपित र ठोषी ठहर भएका ठूलो संख्यामा भारतीय नेपालका कारागारमा रहेको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताए ।
नेपालका कारागारमा भएका विदेशीमध्ये केहीलाई सजाय भुक्तानका लागि र केहीलाई पुर्पक्षका लागि राखिएको हो । विदेशीहरु कर्तव्य ज्यान, जबर्जस्ती करणीदेखि चोरी, राजस्व चुहावट र डाँकासम्मका अपराधमा जेलमा रहेका छन् । भारतीयपछि नेपालका कारागारमा रहेका विदेशी कैदीबन्दीमा ठूलो संख्या भुटानीको छ । ३६ जना भुटानी नागरिक कैदीबन्दीको रूपमा नेपालका कारागारमा छन् । नेपालले विदेशी नागरिकलाई अन अराईभल भिसा दिने गरेको छ । जसको समयावधी एक वर्षमा १ सय ५० दिनसम्मको हुने गरेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



