तीन कम्पनी कालोसूचीमा, सार्वजनिक खरिदमा भाग लिन रोक
S
Sristi Thakuri२०२६-०८-११, ०६:५० AM

काठमाडौं , साउन २६ - प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्र्तगतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा कम्पनीलाई कालोसूचीमा राखेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गरेर विभिन्न तीन वटा कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो । खरिद अनुगमन कार्यालयले स्पेक्स नेपाल प्रालीलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ । यस्तै,जेडिएम आर बिल्डर्सलाई कार्यालयले एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखेको छ । एम/एस श्रुस्थी कनटेक प्रालि हैदरावादलाई खरिद अनुगमन कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राखेको छ । कालोसूचीमा परेका कम्पनीहरुले अब कालोसूचीमा रहेको अधविभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन सक्ने छैनन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



