Global TV Logo
लोड हुँदैछ...

जाजरकोटमा पहिरोमा परी तीनको मृत्यु, दुई बेपत्ता

S
Sristi Thakuri
२०२६-०८-१६, ०५:४८ AM
होमपेज/विशेष समाचार
जाजरकोटमा पहिरोमा परी तीनको मृत्यु, दुई बेपत्ता

काठमाडौं , साउन ३१ - जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षासँगै आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। ५४ वर्षीया उमा सिंह खत्री, ८३ वर्षीया रती खत्री र घाइते ५२ वर्षीय केदार कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोमा भेरी–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस बि.क. अझै बेपत्ता छन्। उनीहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।

पहिरोमा ११ जना घाइते भएकामा तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने केहीको अवस्था गम्भीर रहेको छ। पहिरोले ८ घरमा ठूलो क्षति पुर्‍याएको छ। जोखिमका कारण वडाका करिब २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयमा सारिएको प्रहरीले जनाएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com