Global TV Logo
लोड हुँदैछ...

दार्चुलामा पहिरोमा परेर तीन जना घाइते

B
Binita Thapa
२०२६-०८-१५, ०३:५२ AM
होमपेज/विशेष समाचार
दार्चुलामा पहिरोमा परेर तीन जना घाइते

साउन ३० - दार्चुलामा पहिरोमा परेर तीन जना घाइते भएका छन् ।

महाकाली नगरपालिका–४ को रिंगलताल बांगाबगरस्थित ब्रह्म होटल एण्ड लजको माथिबाट पहिरो खस्दा तीन जना घाइते भएका हुन् ।  घाइते हुनेमा दुहुँ गाउँपालिका–४ बस्ने २० वर्षीय सुरज कुँवर, मालिकार्जुन गाउँपालिका–२ बस्ने ४२ वर्षीया भागरती धामी र सोही ठाउँ बस्ने ४५ वर्षीय भगतसिंह धामी रहेका छन् । 

घाइतेको तत्काल उद्धार गरी उपचारका लागि पठाइएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com