Global TV Logo
लोड हुँदैछ...

आज सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस

S
Sristi Thakuri
२०२६-०९-२८, ०४:४४ AM
होमपेज/समाचार
आज सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस

काठमाडौं, असोज १२ - सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । 

नेपालसहित विश्वभर प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । सन् २०१९ अक्टोबर १५ मा संयुक्त राष्ट्रसंघको महासभाको ७४ औँ सत्रले दिवस मनाउने निर्णय गरेको थियो । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको सिफारिस र विश्वमा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखेर यो निर्णय गरिएको हो । विश्वभर सूचनाको हकलाई सर्वसाधारण नागरिकका बिचमा पु¥याउने उद्देश्यका साथ विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइँदै आएको छ । जुलाई २०११ मा संयुक्त राष्टसंघीय मानवअधिकार समितिले सूचनामा पहुँचको अधिकारलाई अभिव्यक्ति स्वतन्त्रताको एक अन्तर्निहित हिस्साका रूपमा स्वीकार गरेको थियो । विशेष गरी ग्रामीण क्षेत्रका नागरिक, सीमान्तकृत समुदाय र पिछडिएका वर्गसम्म सूचनाको हकका बारेमा अझै पर्याप्त जानकारी र चेतना पुग्न बाँकी छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com